काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका संचालक छविलाल जोशीलाई रिहा गर्न अस्वीकार गरेको छ ।
पोखराको सुर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका जोशीको तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेकोमा सर्वोच्चले उनलाई रिहा गर्न अस्वीकार गरेको हो ।
रिटमामाथि आज सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र अव्दुल खजीज मुसलमानको संयुक्त इजलासले रिट खारेज गर्ने निर्णय सुनाएको हो ।
कास्की जिल्ला अदालतमा जोशीको बयान लिने क्रम जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्