
काठमाडौं । अविरल वर्षाका कारण भएको बाढी, पहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ ।
यस प्राकृतिक विपद्मा परेर २८ जना बेपत्ता भएका छन् भने १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
हाल खोज, उद्धार र राहतलाई उच्च प्राथमिकतामा राख्दै सबै सुरक्षा निकाय परिचालित भइरहेको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।
यस्तै बाढी–पहिरो–डुबान प्रभावितलाई खाद्यान्नलगायतका आवश्यक राहत सामग्री उपलब्ध गराइएको र घाइतेको निःशुल्क उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै यातायात सञ्चालनका लागि अवरुद्ध बनेका राजमार्गहरु खोल्ने प्रयास भइरहेको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्