 
	    काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअनुसार बिहान साढे ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा देशभर बाढी पहिरोले पु¥याएको जनधनको क्षति, उद्दार र राहतका सम्वन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।
त्यस्तै दिउँसो २ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा समितिगत प्रस्तावित प्रधानन्यायाधीश राउत र प्रस्तावित राजदुतद्वय सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध परेका उजुरीमा उजुरीकर्तासँग छलफल हुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्