१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


रुसले राख्यो जापानलाई ऐतिहासिक शान्ति वार्ता गर्न प्रस्ताव


0
Shares

काठमाडौं । रुस र जापानबीच मनमुटाव बढ्दै गएकाले बेला रुसले विनासर्त ऐतिहासिक शान्ति वार्ता गर्न जापानसँग प्रस्ताव अघि सारेको छ ।

रुस र जापानबीच दोस्रो विश्वयुद्धदेखि जारी मनमुटावलाई अन्त्य गर्न रुसको प्रस्ताव गरेको हो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रूसको सीमा क्षेत्रमा जमिनको विषयलाई लिएर लामो समयदेखि जारी विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने नयाँ प्रस्ताव गर्नुभएको बताइएको छ ।

रुसी राष्ट्रपति पुटिनको प्रस्तावमा जापानी प्रधानमन्त्री सिन्जो आवेले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

पुटिन र आवेबीच भौगोलिक सीमानाका विषयमा यसअघि पनि पटक–पटक छलफल भए पनि ती बैठक निष्कर्षविहीन हुँदै आएका थिए ।