१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


अलपत्र अवस्थामा सुन्धारा


338
Shares

काठमाडौं । काठमाडौंको सुन्धारामा सुनधारा पुननिर्माण रोकिएको थियो । परम्परागत संरचना मासेर पुनर्निर्माण गर्न नदिने मेयर साहको चेतावनीपछि पुनर्निर्माण अलपत्र अवस्थामा रह्र्को छ ।

उपत्यकाका तीन जिल्लाका ढुंगेधाराहरु मध्ये काठमाडौंको सुन्धारा सबैभन्दा महत्वपूर्ण मानिन्छ । एकै ठाउँमा पाँच वटा सुनका धारा रहेको सम्पदा अन्यत्र कतै छैन । २० वर्ष पहिलो दुई वटा धारा चोरी भएर तीन वटा धारामा सीमित बनेको यही सुन्धारा धरहरा निर्माण कम्पनीले खोतलेर स्वरुप नै विगारेको छ ।

२०७२ सालको महाभूकम्पले धरहरा ढालेपछि सोही स्थान नजिकै खडा ठड्याइएको नयाँ धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । तर त्यही नजिकै रहेको अर्को ऐतिहासिक सम्पदा सुनधारा भने लथालिङ्ग अवस्थामा रहेको छ । सरकारले नवनिर्मिति धरहरा सर्वसाधारणका लागि खुला गरिरहँदा त्यही परिसर भित्र रहेको एतिहासिक सम्पदाको संरक्षण र पुनर्निर्माणतर्फ भने ध्यान गएको छैन । बरु करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सुन्धाराको परम्परागत संरचना पुननिर्माणको ठेक्का पाएको कम्पनीले धमाधम भत्काएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आपत्ति जनाएपछि सुनधारा थप क्षति हुनबाट जोगिएको थियो । धरहरा निर्माणको जिम्मा पाएको कम्पनीले सुन्धाराको मुखसहित भुइँमा बिछ्याएका पुराना ढुंगा निकाल्ने गरी पुनर्निर्माण थालेपछि नगरप्रमुख शाह, स्थानीय जनता र सम्पदाप्रेमीहरुले विरोध जनाएका थिए । मेयर शाहले सुन्धारा नेपाली कला–संस्कृतिको उत्कृष्ट नमुना भएकाले यो ऐतिहासिक सम्पदा नष्ट हुनबाट जोगाउनु पर्ने बताउँदै आउनु भएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा निर्माणको काम सकिएकाले अब सुनधारा पुनर्निर्माणको काम गर्ने बाटो खुलेको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकासँग सुनधारा जस्ता सम्पदा पुनर्निर्माणका लागि आवश्यक जनशक्ति समेत रहेकाले महानगरपालिका सुुनधारा पुनर्निर्माण्का लागि सक्षम रहेको बताउनुहुन्छ ।

यसअघि बसन्तपुरका स्थानीय तथा सम्पदाप्रेमीहरुले पनि कंक्रिटका भवन बनाउने ठेकेदार कम्पनीलाई नै ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्न दिँदा सुन्धाराको मौलिकता नष्ट हुन लागेको दुखेसो गरेका थिए । सुन्धारा यस क्षेत्रको ऐतिहासिक संरचना भएको कारण ठेकेदार कम्पनीले बनाउने नै हो भने पनि स्थानीयको रोहबरमा पुनर्निर्माण गर्नुपर्छ । धरहरा अबलोकनका लागि पुगेकाहरु पनि यही परिसरमा अवस्थित ऐतिहासिक सम्पदा सुन्धाराको दयनीय अवस्थाप्रति यसरी दुख ब्यक्त गर्दछन् ।

सुन्धाराको बाहिरी भाग भीमसेन थापाका पालामा बनेको थियो भने त्यसमा ल्याइएको पानी प्रणाली करिब चार सय वर्ष पुरानो रहेको जानकारहरूको भनाइ छ । भूकम्पले बाहिरी भाग मात्रै भत्काएकोमा स्थानीयले साधारण मर्मतबाट सुनधारालाई संरक्षण गर्न सकिने सुझाव पदि दिएका थिए । तर धरहरा निर्माण कम्पनीले डोजर चलाउँदो स्वरुप नै खल्बलिएको सम्पदा संरक्षणमा महानगरपालिकाले तत्काल पहल थाल्नुपर्ने देखिन्छ ।