१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


प्रेस काउन्सिलमा आँखा शिविर आयोजना


91
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालको ५५ औं स्थापना दिवस र संविधान दिवसको अवसरमा प्रेस काउन्सिलले शुक्रबार निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञहरुको टोलीले सूचना विभागको कार्यालयमा आयोजना गरेको यस निःशुल्क आँखा शिविरमा विभिन्न सञ्चारक्षेत्रमा कार्यरत २ सय बढी सञ्चारकर्मीले आँखाको जाँच गराएका थिए ।

यसै क्रममा अधिकांश सञ्चारकर्मीहरुको आँखा सुख्खा हुनुमा साथै केहीमा भने मोतीबिन्दुुको पनि समस्या देखिएको जनाइएको छ । शिविरका लागि तिलगंगा आँखा प्रतिष्ठानले निःशुल्क औषधि उपलब्ध गराएको थियो । सञ्चारकर्मीहरु कार्यव्यस्तताका कारण सयममै आँखा जाँच गराउन नपाउँदा पनि आँखामा समस्या देखिएको भन्दै समयमै जाँच गराउन नेत्र रोग विशेषज्ञहरुले सुझाव दिएका छन् ।