काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिनुभएको छ ।
सोमबार कर्मचारी सञ्चय कोषको ६३ औं वार्षित्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएको हो ।
अर्थमन्त्री पौडेलले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले कोषले सरकार ग्यारेन्टी रहेको भन्दैमा लगानी उठाउन निर्देशन दिनुभयो । उहाँले कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफलका विषयमा समिक्षा गर्न जरुरी भएको औंल्याउनुभयो ।
अर्थमन्त्री पौडेलले नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको दिएको २७ अर्ब बढी लगानी उठाउन पहल गर्न निर्देशन दिनुभयो । उहाँले सरकार ग्यारेन्टी बसेको छ भनेर मौन नबस्न आग्रह गर्नुभयो । उहाँले वायुसेवा लगायत अन्य ठाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दिइरहेको छ रु भन्ने कुरालाई सुक्ष्म ढङ्गले अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले कोषले प्रतिफललाई अझ वृद्धि गर्ने हिसावले काम गर्नु जरुरी देखिएको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पौडेलले सञ्चयकर्ताहरुले अधिकतम लाभ कसरी प्राप्त गर्ने भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले लगानी गरेर चित्त बुझाउने ढङ्गले नभई सुक्ष्म निगरानी कोषको हित भिक्टिम नहुने गरी काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्