काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बस्दैछ ।
बैठक साँझ ५ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ ।
यसअघि बसेको संवैधानिक परिषद्को बैठकले प्रकाशमान सिंह राउतका बारेमा थप छलफल गर्नुपर्ने भन्दै आजका लागि बैठक सारिएको थियो । आजको बैठकले भावी प्रधानन्यायाधीश सिफारिस गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्