१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ : अर्थमन्त्री पौडेल


104
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बिहीबार पाँचौ नेपाल पूर्वाधार सम्मेलनको क्रममा बोल्दै अर्थमन्त्री पौडेलले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

अर्थमन्त्री पौडेलले कानून, कार्यविधिको प्रक्रिया सरलीकृत गर्न, प्रक्रियागत प्रणाली सहज बनाउन सरकार दृढ रहेको बताउनुभयो । उहाँले व्यवसायिक लागत कम गर्न र पारदर्शिता कायम गर्न सुधारका कार्यहरु अघि बढाउँदै जानुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले पूर्वाधार विकासलाई प्रवद्र्धन गर्न, निजी लगानी प्रोत्साहन गर्न वित्त नीतिसँगै मौद्रिक नीतिको पनि उत्तिकै भुमिका रहने जिकिर गर्नुभयो । उहाँले मौद्रिक स्थायित्व कायम गर्दै पूर्वाधार क्षेत्रमा लगानी बिस्तार गर्न नेपाल राष्ट्र बैंकले अनुकुल नीति अवलम्वन गर्दै आएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गर्न सहयोग पुग्नेगरी पुँजीगत र वित्तीय व्यवस्थामा बजेट विनियोजन गरिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले पूर्वाधार लगायतका परियोजनाहरुमा स्वदेशी तथा वाह्य लगानीकर्ताहरुलाई आकर्षित गर्न देशको आर्थिक अवस्था मजबुत हुनेगरी काम अघि बढाइएको बताउनुभयो ।