१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा रहँदैन : अध्यक्ष राउत


1.313k
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताउनुभएको छ ।

बुधबार अध्यक्ष राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताउनुभएको हो । उहाँले सरकारले संवैधानिक परिषद्मा आफ्नो बहुमत पु¥याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताउनुभयो । संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले गलत नियत राखिएको उहाँको भनाई छ । अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने बताउनुभयो ।

अध्यक्ष राउतले सरकार र प्रतिनिधि सभा साना पार्टीहरुलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको बताउनुभयो । उहाँले आफूले सरकार भएको महशुस गर्न नसकेको पनि बताउनुभयो ।