काठमाडौं । साउदी अरबका लागि प्रस्तावित राजदुत नरेशविक्रम ढकालले आफू राजदुत नियुक्त भए नेपाल र आउदी अरबबिचको श्रम सम्झौता पुनरावलोकन गर्ने बताउनुभएको छ ।
बुधबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै साउदी अरबका लागि प्रस्तावित राजदुत ढकालले आफू नियुक्त भए नेपाल र साउदी अरबका बीचमा भएको सम्झौता पुनरावलोकन गर्ने बताउनुभएको हो ।
प्रस्तावित राजदुत ढकालले त्यसका लागि मस्यौदा समेत तयार भइसकेको अवस्था रहेको भन्दै मस्यौदालाई अन्तिम रुप दिएर सम्झौता पुनरावलोकन गर्न भुमिका खेल्ने बताउनुभयो । उहाँले साउदी अरबमा रहेका ४ लाख नेपालीहरुले पुरानै स्केल अनुसार काम गरिरहनु परेको अवस्था रहेकाले बजारको नयाँ अवस्था अनुरुप श्रम सम्झौता हुनुपर्नेमा जोड दिनुभयो ।
प्रस्तावित राजदुत ढकालले आफुले यस विषयलाई उच्च महत्व दिएको बताउनुभयो । त्यसैगरी नेपाल–साउदी अरबका बीचमा उच्चस्तरीय भ्रमण गराउने पनि उहाँको कार्ययोजना रहेको छ । दुतावासको भवन बनाउने, नेपाली कामदारहरुलाई जनचेतना जगाउने लगायतका काम पनि आफूले गर्ने उहाँले बताउनुभयो ।
प्रस्तावित राजदुत ढकालले राजदुत ढकालले दुतावासको आन्तरिक सेवा प्रवाहलाई सुदृढ गर्ने पनि बताउनुभयो । त्यसैगरी नेपालको पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार, विकासमा लगानी वृद्धि, प्रवासी नेपालीहरुको समस्या रोकथाम, न्युनिकरण र समाधानका लागि काम गर्ने पनि उहाँले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्