काठमाडौं । श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले सरकारले आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारी रहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले सरकारले आन्तरिक रोजगारी वृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर आन्तरिक रोजगारी दशकको रुपमा घोषणा गर्न लागि रहेको बताउनुभयो । उहाँले रोजगार दिने काम श्रम मन्त्रालयको नभएको भन्दै रोजगारीको लागि वातावरण बनाउने काम गरिरहेको उल्लेख गर्नुभयो ।
मन्त्री भण्डारीले आन्तरिक रोजगारीको लागि सरकारले रोजगारीका सम्भावनालाई समृद्धिसँग जोड्ने काम गर्ने बताउनुभयो । उहाँले मुलुकभित्र युवाहरुलाई राख्नको निम्ति वैदेशिक रोजगारीको विकल्प रोजगारी नै भएको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर ल्याउने र पुनः एकीकरण गरी वैदेशिक रोजगारीबाट युवाहरुले सिकेको सीपलाई मुलुक निर्माणको निम्ति प्रयोग गर्ने सरकारको योजना रहेको बताउनुभयो ।
मन्त्री भण्डारीले राष्ट्रिय व्यवसायीक तालिम प्रष्तिठानले मुलुकभरी छरिएर रहेका सम्पूर्ण सीपमुलक तालिमहरुलाई एकद्वार प्रणालीमा ल्याउने मुलुकलाई चाहिने जनशक्तिलाई आवश्यक कोषको व्यवस्थापन सरकारले गर्ने बताउनुभयो । उहाँले प्रतिष्ठानले सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र प्रदेश तहमा बनोउने योजना रहेको बताउनुभयो । उहाँले रोजगार सेवा केन्द्रबाट रोजगारदातासँग जोड्ने रमुलुकमा धेरै रोजगारी सिर्जना गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्