काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले कांग्रेस-एमाले गठबन्धन लामो समयसम्म रहनेमा आशंका व्यक्त गर्नुभएको छ ।
सरकारमै रहेका मन्त्रीहरुले एमालेसँगको गठबन्धन खुकुरीको धारमा हिँडेजस्तै भएको भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै धेरै समय वर्तमान गठबन्धन टिक्न नसक्ने दाबी गर्नुभएको हो ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद आलेमगरले यतिबेला बनेको गठबन्धनको दीर्घायुको कामना माओवादीले गर्ने बताउनुभयो । उहाँले माओवादी केन्द्र सत्ताबाट बाहिरिनुपर्दा बिलौना नगरेको बताउनुभयो । उहाँले गठबन्धन फेरिने र सरकार बदलिने कुरा नौलो कुरा नरहेको बताउनुभयो ।
सांसद आलेमगरले वर्तमान गठबन्धन केका लागि बनेको भन्नेकुरा घाम जत्तिकै छर्लङ्ग भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्