
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिव अधिकारीले राष्ट्रिय योजना आयोगको पुनःसंरचना गर्ने बताउनुभएको छ ।
सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा बोल्दै उपाध्यक्ष अधिकारीले यस्तो बताउनुभएको हो ।
उपाध्यक्ष अधिकारीले राष्ट्रिय योजना आयोगको कामलाई थप प्रभावकारी बनाउनको लागि पुनःसंरचना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेसम्म आयोग गठन आदेशमार्फत सञ्चालनमा आइरहेको भन्दै कानूनी रुपमा सञ्चालन हुँदा शत्तिशाली हुने अपेक्षा रहेको बताउनुभयो ।
उपाध्यक्ष अधिकारीले सधै आयोग गठन आदेशको भरमा चल्दा प्रभावकारी रुपमा काम नदेखिएको आसय व्यक्त गर्नुभयो । उपाध्यक्ष अधिकारीले मुलुकको प्रतिव्यक्ति आम्दानी नपुग्दा नपुग्दै पनि अति कम विकसित मुलुकको सूचीबाट विकासशिल मुलुकमा स्तर उन्नति हुनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले २०२६ सम्म विकशित मुलुकमा स्तरोउन्नति हुन प्रतिव्यक्ति आय वृद्धिको लागि मेहनतका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उपाध्यक्ष अधिकारीले आगामी २०२६ नोभेम्बरमा स्तरोउन्नति हुनैपर्ने भएकाले सरकार फाइदा÷बेफाइदा भन्दा पनि अवसरहरु सिर्जना गर्ने योजनाका साथ अघि बढेको बताउनुभयो ।
उपाध्यक्ष अधिकारीले १६ औं पञ्च वर्षीयले आगामी पाँच वर्षमा ७।३ सम्म आर्थिक वृद्धि हुने अनुमान गरेको बताउनुभयो । उहाँले अहिले ३.५ आर्थिक वृद्धि भएको भएपनि चालु आर्थिक वर्षमा ६ प्रतिशत, त्यसपछि ६.६ प्रतिशत हुँदै २०८४/०८५ मा निर्वाचनको वर्ष हुने ७.३ प्रतिशत पुग्ने अनुमान रहेको बताउनुभयो । उहाँले आगामी पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र हुने अनुमान गरेको पनि उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्