Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि पहल गर्छु : प्रस्तावित राजदुत तिमिल्सिना


130
Shares

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदुत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।

मलेसियालाई श्रम सम्झौताका लागि नमूना राष्ट्रको रुपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्नसक्ने नेपाली श्रमिकका लागि फाइदा हुने भएकाले आफूले उच्चस्तरीय भ्रमण गराउने कुरालाई प्राथमिकता दिएर अघि बढाउन चाहेको पनि स्पष्ट पार्नुभयो ।

सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदुत तिमिल्सिनाले मलेसियामा विचौलियाहरुले श्रमिकहरुलाई पाइलापिच्छे नै ठग्ने गरेको उल्लेख गर्दै त्यसका अन्त्य गर्न आफू लागिपर्ने बताउनुभयो । उहाँले मलेसियामा श्रमिकको पक्षमा काम गर्न विचौलियाहरुको कारण सहज नभएकाले आफूलाई टिकेर काम गर्न सहज नभएको बताउनुभयो ।

प्रस्तावित राजदुत तिमिल्सिनाले राजदुत तिमिल्सिनाले मलेसियामा श्रम नीति अनुसारको कुटनीतिलाई सफल बनाउन सरकारले आफूलाई सहयोग गर्नुपर्ने पनि बताउनुभयो ।

Skip This