Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


208
Shares

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । पहिरो पन्छाउने कार्य भइरहेको बताइएको छ ।

वर्षाको समयमा कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बेला बेलामा पहिरो गइरहन्छ ।