काठमाडौं । चाँडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य पनि अकाशिंदै गएको छ । खाद्यान्न, तरकारी, फलफूललगायतको मूल्य पछिल्लो समय अस्वाभाविक रुपमा वृद्धि भएको छ । आयातमा निर्भर अर्थतन्त्रका कारण अन्तर्राष्ट्रिय बजारमा परेको मूल्यको प्रभाव नेपाली उपभोक्ताको भान्सामा आइपुगेको हो ।
पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र अन्र्तराष्ट्रिय युद्धको प्रभाव विश्वको अर्थतन्त्रमा परेको छ । जसका कारण खाद्यान्नलगायत सबै वस्तु तथा सेवाका मूल्य अन्तर्राष्ट्रियस्तरमै वृद्धि भएको छ । आयातित वस्तु अत्याधिक हुने भएकाले पनि नेपाली बजार महंगीबाट अछुतो रहन सकेको छैन ।
बर्षैनी हुने मूल्य बृद्धिको प्रभावले उपभोत्ता मारमा छन् । बजेट मार्फतनै सरकारले दालमा १० प्रतिशत र धानमा ५ प्रतिशत अग्रिमकर लगाएको कारण र व्यवसायीले चामलमा २० प्रतिशत अतिरित्त चार्ज लिएको कारण हाल खाधान्न सर्वेसाधारणको पहँुच बाहिर गएको छ । एक महिनाकै अवधिमा चामल प्रतिबोरा दुई देखि तीन सयसम्म पुगेको छ । चिनीमा प्रतिकेजी १५ देखि २० रुपैयाले बढेको छ भने १ सय ८० रुपैया पर्ने केराउँको मूल्य २ सय ५० सम्म पर्ने गरेकोछ । गेडागुडीमा पनि प्रतिकेजी २० रुपैयासम्म बढेकोछ भने खानेतेलमा मात्र मूल्य यथावत देखिएको छ । मूल्यबृद्धिबारे संघिय, प्रदेश र स्थानिय सरकार सबैभन्दा जिम्मेवार हुनुपर्ने भएपनि नेपाल सरकारको प्राथमिकतामा नपरेको उपभोत्ता अधिकारकर्मी माधव तिमल्सिना बताउनुहुन्छ ।
नेपालीको प्रमुख खाद्य धान उत्पादनले मागको ४० प्रतिशत मात्रै धान्ने गरेको छ । बाँकी ६० प्रतिशत आयातमै निर्भर हुनुपरेको छ । नेपालीहरुको महान पर्व नजिकिदै गर्दा उपभोग्य बस्तुको मूल्य बढ्ने, नापतौलमा ठगी हुने गुणस्तरहिन बस्तुहरुको अनुगमन नहुने लगायत तर्फ भने राज्यका संयन्त्र जिम्मेवार हुनुपर्नै र उपभोत्ता आफै सक्रिय रहनु आवश्यक देखिन्छ ।
राष्ट्र बैंकको आर्थिक बर्ष २०८०–८१ को तंथ्याकअनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा यो बर्ष मूल्य बृद्धि २६ दशमलव ४० प्रतिशत, दाल तथा गेडागुडीको ९ दशमलव ९६ प्रतिशत चिनी तथा चिनीजन्य पदार्थको ९ दशमलव ९८ प्रतिशत, खाद्य पदार्थको ९ दशमलव ८५ प्रतिशत र तरकारीको ८ दशमलव २९ प्रतिशत मूल्य बृद्धि रहेकोछ ।
प्रतिक्रिया दिनुहोस्