
काठमाडौं । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव भारत पठाइएको छ ।
शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ मृतकमध्ये २५ वटा शव भारतीय सेनाको विशेष विमानबाट महाराष्ट्र पठाइएको हो । अरु दुई यात्रुको शव स्थलमार्ग हुँदै उत्तर प्रदेशको गोरखपुर पठाइएको छ ।
दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव लिन भारतीय सेनाको विशेष विमान शनिबार चितवन आएको थियो ।
प्रतिक्रिया दिनुहोस्