२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


तनहुँ बस दुर्घटनाका मृतक सबैको शव परीक्षण चितवनमा हुने


806
Shares

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्गी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव हिजो राति चितवन ल्याईएको छ । दुर्घटनामा घाईते १६ जनाको काठमाडौको त्रिवि शिक्षण अस्पतालमा उपचार भई रहेको छ ।