काठमाडौं । तनहुँको आबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा आज बस खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेको तनहुँ प्रहरीले जनाएको छ ।
घटनास्थलबाट उद्धारको काम भइरहेको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनामा परेको हो । बसमा ४० जना यात्रु रहेको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्