Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ध्यानपूर्वक सुन्नुभयो : परराष्ट्रमन्त्री राणा


1.6k
Shares

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमामा हुने डुबान समस्या समाधान, नेपाललाई थप हवाई रूट दिने र पञ्चेश्वर परियोजना लगायतका विषयलाई ध्यानपूर्वक सुनेको दाबी गर्नुभएको छ ।

भारतको पाँच दिन लामो भ्रमण सकेर बिहीबार स्वदेश फर्कनु भएकी मन्त्री देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग यहाँबाट जुन तयारी गरेर गएको हो सोही अनुसार आफूले भारतीय पक्षसंग कुरा गरेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीको नेपालप्रति ठूलो सद्भाव रहेको र नेपाललाई निकै माया गर्ने गरेको पनि आफूले पाएको मन्त्री देउवाले बताउनुभयो ।

मोदीलाई भेट्नु अघि आफूले भारतीय विदेश मन्त्री एस जयशंकरसंग गरेको दुई पक्षीय भेटवार्तामा व्यापार तथा पारवहन, ऊर्जा तथा कनेक्टिभिटी, लगानी, हवाईमार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्य आयोजना, खेलकुद, सीमा पूर्वाधार लगायतका विषयमा कुरा भएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणका लागि दिएको निमन्त्रणालाई मोदीले सकारात्मक रूपमा लिएको पनि उहाँको दाबी थियो ।