
एजेन्सी । भारत आन्ध्रप्रदेशको एउटा औषधी बनाउने कारखानामा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ ।
आन्ध्रप्रदेशको अनाकपल्ली जिल्लाको अच्युतपुरम फर्मा कारखानामा विस्फोटमा हुँदा अन्य ४० जना बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्धारकर्मीहरूले कारखानामा रहेका १३ जनाको भने जिवितै उद्धार गरेका छन् ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले आन्द्रप्रदेशमा भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दै मृत्यु भएकाहरुप्रति समवेदना प्रकट गर्नुभएको छ । साथै मोदीले मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख, घाइतेहरुलाई ५० हजार रुपैया क्षतिपुर्ति दिने घोषणा गर्नुभएको छ ।
उता आन्ध्रप्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले अच्युतपुरम फर्मा कम्पनीमा भएको दुर्घटनाबारे उच्चस्तरीय छानबिन गर्न आदेश दिनभएको छ ।
घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्