२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


अमेरिकाको बोस्नीया हर्जगोभिनाको एक विद्यालयमा गोलीकाण्ड, ३ जनाको मृत्यु


0
Shares

एजेन्सी । अमेरिकाको बोस्नीया हर्जगोभिनाको एक विद्यालयमा भएको गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ ।

सान्स्की शहरमा रहेको विद्यालयका कर्मचारीले अन्य कर्मचारीहरुमाथि जथाभावी गोली प्रहार गर्दा उनीहरु मारिएका हुन् ।

गोली प्रहार लगत्तै आत्महत्या गर्ने प्रयास गरेका ती कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मारिनेमा विद्यालयका डीन, सचिव र एक शिक्षक रहेका छन् ।

घटना लगत्तै आफैलाई गोली हान्दा घाइते भएका ती संदिग्धको हाल उपचार भइरहेको छ । गर्मीको बिदा सकिए लगत्तै विद्यालय खुलेका कारण बालबालिकाको संख्या न्युन भएकै बेला यो घटना भएका कारण ठुलो मानविय क्षति हुनबाट जोगिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।