Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छ : मुख्यसचिव गड्तौला


299
Shares

काठमाडौं । नेपाल सरकारले सय दिनमा गर्ने कामहरुको योजना सार्वजनिक गर्ने भएको छ ।

मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारले सय दिनमा सम्पादन गर्ने कामहरुको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभएको हो ।

नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मुख्यसचिव गड्तौलाले गत वर्ष भन्दा यस वर्ष सरकारले बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा बढी सफलता हात पर्ने दाबी समेत गर्नुभयो । गत वर्षभन्दा यस वर्ष बजेटमा उल्लेखित कार्यक्रमहरु कार्यान्वयन हुने र बजेट पनि खर्च हुने मुख्यसचिव गड्तौलाको दाबी थियो ।

मुख्यसचिव गड्तौलाले आफूले बजेटबारे धेरै बोल्न नमिल्ने तर्क समेत गर्नुभयो । सम्बन्धित मन्त्रालयले बजेट कार्यान्वयन गर्ने भएकाले आफूले त्यसमा बढी बोल्न उपयुक्त नहुने मुख्य सचिव गड्तौलाको स्पष्टिकरण थियो ।

मुख्यसचिव गड्तौलाले आफ्नो जिम्मेवारी पूरा गर्न सचिवहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले जिम्मेवार निकायमा बस्नेहरुले बोल्ने भन्दा पनि काम गरेर परिणाम देखाउन केन्द्रित हुनुपर्ने बताउनुभयो ।