Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


बौद्ध धर्मावलम्वीहरुले मनाए सापारु पर्व


182
Shares

काठमाडौं । बौद्ध धर्मावलम्वीहरुले आज सापारु पर्व मनाएका छन् ।

गाईजात्राको अवसरमा वर्षदिन भित्र दिवगंत भएकाहरुको सुखावती भुवनको कामना गर्दै विभिन्न विहार, बहा, बहिलको परिक्रमा गर्ने गरिन्छ ।

सो अवसरमा बहा भित्र मृतक र पितृले प्रयोग गर्ने लुगाफाटा र अन्य सामाग्री प्रदर्शन गर्ने गरिन्छ । साथै प्रज्ञापारमिता पाठ गरेर दिपंकर बुद्धका मूर्तिहरु समेत प्रदर्शन गरिन्छ ।

मृतकको सम्झनामा दुर्गति परिशोधन ह्दयसुत्र धारणी पाठका साथ सांस्कृतिक बाजागाजाका साथ भित्री नगर समेत परिक्रमा गर्ने गरिन्छ ।