Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सहारा खेलकुद पत्रकारिता पुरस्कार नेपाललाई


0
Shares

पोखरा, भदौ ३० । सहारा खेलकुद पत्रकारिता पुरस्कार पोखराका पत्रकार विजय नेपाललाई प्रदान गरिएको छ ।

सहारा क्लबको २०औं वार्षिकोत्सवको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङले पत्रकार नेपाललाई १५ हजार ५५५ रुपैयाँ नगदसहित सम्मान गरिन् ।

पत्रकार नेपाल विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

वि.सं. २०६३ सालमा स्थापित पुरस्कारबाट हालसम्म १२ जना पत्रकार सम्मानित भइसकेका छन् ।

यो वर्ष १७औैं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने, सहारा एकेडेमी सन्चालन एवं मर्मत, प्यारापिट निर्माणका लागि पहललगायतका कार्यक्रम गर्ने सहारा क्लबले जनाएको छ ।