३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाने


195
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जाने हुनुभएको छ । परराष्ट्र मन्त्रालय श्रोतका अनुसार परराष्ट्रमन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा आजदेखि पाँचदिने भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएको हो ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री राणाको यस भ्रमणले नेपाल भारतबिचको सदियौंदेखिको पुरानो, गहिरो र बहुआयमिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने जनाइएको छ । मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।