२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


संसदमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक आजै पारित गर्ने तयारी


520
Shares

काठमाडौं । प्रतिनिधिसभामाको आज दिउँसो १ बजे बस्ने बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ । विधेयक आजै पारित गर्ने सदनको तयारी छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसका साथै विधेयकका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष दलका नेताहरुले सम्बोधन गर्नेेछन् ।

त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नुभएको थियो ।

प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका लागि पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा काँग्रेस, एमाले र माओवादीका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो । यसअघि दलहरूबीचको विवादका कारण रोकिएको विधेयक राजनीतिक सहमति भएसँगै पारित हुन लागेको हो ।