काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनु भएका भारतका विदेश सचिव विक्रम मिस्री आज स्वदेश फर्किँदै हुनुहुन्छ ।
सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनु भएको हो । विदेश सचिव मिस्त्री र सचिव सेवा लम्सालबिच आइतबार उच्च स्तरीय भेटवार्ता भएको थियो ।
विदेश सचिव मिस्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको थियो ।
यसैगरि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भारतका विदेश सचिव मिस्रीले भेटवार्ता गर्नुभएको थियो ।
विदेश सचिव मिस्रीको भ्रमणले दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै विदेश सचिव मिस्रीले आज परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्