एजेन्सी । ब्राजिलको राज्य साओ पाउलोको भित्री भागमा शुक्रवार यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६१ जनाको मृत्यु भएको एयरलाइन्स कम्पनी भोपपासले पुष्टि गरेको छ ।
एयरलाइन्सले प्रारम्भिक रिपोर्टअनुसार मृत्यु हुनेको संख्या ६१ रहेको बताएको छ । भिन्हेडो शहरमा दुर्घटनाग्रस्त भएको विमानमा ५७ यात्रु र चार जना चालक दलका सदस्यहरू सवार थिए ।
ब्राजिलको क्षेत्रीय एयरलाइन्सको विमान दक्षिणी राज्य परानाको कास्केभेल शहरबाट साओ पाउलोको ग्वारुलहोस अन्तर्राष्ट्रिय विमानस्थलको लागि यात्रा गरिरहेको थियो । ६८ यात्रु बोक्न सक्ने क्षमता भएको उक्त विमान क्यापेला डे भिन्हेडोको छिमेकमा रहेका घरहरूमा खसेको थियो ।
उहाँले आफूले मानिसहरु उद्धारका लागि चिच्याइरहेको आवाज सुनेको बताउनुभयो । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले दक्षिणी राज्य सान्ता क्याटरिनाको इटाजाई बन्दरगाहमा आयोजित कार्यक्रममा सहभागी हुनुअघि एक मिनेट मौनधारण गर्न आह्वान गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्