१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


धनगढी उपमहानगरपालिकामा ‘पूर्वाधार व्यवस्थापन प्रणाली’ सुरु


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ ३० । धनगढी उपमहानगरपालिकामा देशमै पहिलोपटक ‘पूर्वाधार व्यवस्थापन प्रणाली’ सुरु भएको छ ।

‘योङ इनोभेसन’को सहयोगमा तयार पारिएको प्रणालीको शनिबार प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।

सुशासन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको यस प्रणालीलाई प्रदेश सरकारले मन्त्रालय र स्थानीय तहमासमेत सुरु गरिने जनाइएको छ ।

यस प्रणालीले योजनाहरुको विस्तृत् जानकारी, गुणस्तर, योजनाको प्रभावकारितालगायतका विषयमा मोबाइल एप्समार्फत् जानकारी दिनेछ ।

जसबाट उपमहानगरपालिकाले सन्चालन गरेका हरेक योजनाकाबारेमा मोबाइलमार्फत् विवरण प्राप्त हुने जनाइएको छ ।

पूर्वाधार व्यवस्थापन प्रणालीको मोबाइल एप्समार्फत् योजनाकाबारेमा जानकारी पाइने, त्यसैका माध्यमबाट गुनासो पनि राख्न सकिने र जनप्रतिनिधिलाई योजनाको अनुगमन, मूल्यांकन तथा निरीक्षण गर्न सजह हुने धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए ।