काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर साहीले विद्यमान वन्यजन्तु ऐन संशोधन गरी विकास र जनमैत्री बनाइने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन तथा वातावरणमन्त्री साहीले यस्तो बताउनुभएको हो ।
मन्त्री साहीले बाँदरको आतंकले ग्रामिण क्षेत्रमा जनताहरु आक्रान्त भएर सुत्न समेत नपाउने अवस्था रहेको भन्दै विद्यमान रहेका ऐन कानूनलाई संशोधन गर्ने बताउनुभयो । उहाँले सरकार निरन्तर रुपमा वन र वन्यजन्तु ऐनलाई जनतामैत्री बनाउने पक्षमा रहेको उल्लेख गर्नुभयो ।
मन्त्री साहीले वनसँग सम्बधित सरकारी निकायहरु पनि विकास जनमैत्री हुनुपर्ने पक्षमा वर्तमान सरकार रहेको बताउनुभयो । उहाँले बाँदर लगायत अन्य वन्यजन्तुहरु नियन्त्रणका विषयमा मुलुकको संविधान र अन्तर्राष्ट्रिय कानूनहरुलाई मध्यनजर गरेर यो समस्या समाधान गरिने बताउनुभयो ।
मन्त्री साहीले बाँदर, बाघ लगायतलाई नियन्त्रण र क्षति न्युनिकरण समाधानका विकल्पहरुको खोजि भइरहेको बताउनुभयो । उहाँले वन्यजन्तु नियन्त्रणमा वन्यजन्तुको अधिकार, धर्म संस्कृति जोडिएको भन्दै संविधान अन्तर्गत बनेका ऐन कानूनहरुलाई पनि मध्यनजर गर्दै सबै समस्याको समाधान गर्ने बताउनुभयो ।
मन्त्री साहीले वन तथा वातावरण राज्यमन्त्री रुपा वि।कले वन्यजन्तुबाट हुने क्षति न्युनिकरणको लागि विभिन्न विकल्पहरु आएकाले सरकारले ती विकल्पहरुलाई आधार मानेर ऐन बनाउँदै कार्यविधि बनाउन आवश्यक रहेको बताउनु यो । उहाँले सरकारले वन्यजन्तु ऐन जनता र वन्यजन्तुको अधिकारलाई संरक्षण हुनेगरी बनाउनुपर्ने बताउनुभयो ।
मन्त्री साहीले वन्यजन्त संरक्षण र नागरिकको दैनिकीसँग जोडिएर आएका समस्यालाई वन तथा वातावरण मन्त्रालयले समाधान गर्नेगरी नागरिकमा छाएको निरासा चिर्नेगरी काम गर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्