१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी


338
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गर्नुभएको छ ।

जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभएको हो ।

नेता निधीले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिनुभएकाले पनि यो गठबन्धन टिकाउ रहेको पुष्टी गर्ने तर्क गर्नुभयो । तत्काल गठबन्धनभित्र कुनै किसिमको असन्तुष्टी हुने सम्भावना टाढासम्म नरहेको उहाँको भनाइ थियो ।

पूर्व उपप्रधानमन्त्री निधीले वर्तमान गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभयो । यसले देशमा विकासका बाटाहरु समेत प्रशस्त गर्ने दाबी उहाँको छ ।

नेता निधीले दुई ठूला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पार्नुभयो ।