Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


हमास नेता इस्माइल हनियाहको हत्याको निन्दा गर्दै तेहरानमा र्‍याली


481
Shares

एजेन्सी । इरानको राजधानी तेहरानमा बुधवार हमास पोलिटब्युरो प्रमुख इस्माइल हनियाहको हत्याको विरोधमा र्‍याली निकालिएको छ ।

प्रदर्शनकारीहरूले इजरायली शासनको निन्दा गरेका छन् । यो हत्यालाई आतंकको निर्लज्ज कार्य भएको उनीहरुले बताएका छन् । पश्चिमका केही स्वघोषित मानवअधिकार पक्षधरहरूको मौनता र दोहोरो मापदण्डमा आफ्नो आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनकारीहरूले हनियाहको मृत्युका लागि न्याय र जवाफदेहिताको माग गरेका छन् ।

मङ्गलवार इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा भाग लिन आमन्त्रित गरिएको हानियाको बुधवार बिहानै तेहरानस्थित उनीहरूको निवासमा आक्रमण हुँदा उनका अंगरक्षकसहितको मृत्यु भएको इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरले इजरायललाई आरोप लगाएको छ ।