 
	    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्यावरण, युद्ध र प्राकृतिक सङ्कट आदिको सामना गर्न साझा नीति, कार्यक्रम र प्रतिवद्धता चाहिने कुरा बताउनुभएको छ ।
आज फिलिपिन्सको मनिलामा प्रोग्रेसिभ एलाइन्स, अक्बायन सिटिजन्स एक्सन पार्टी र सोकडेम एसियाद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताउनुभएको हो ।
समाजवादी लोकतन्त्रवादी र प्रगतिशिलहरुले सहयोग, भ्रातृत्वको अभिवृद्धि गर्दै विविध खाले सङ्कट र विद्यमान असमानताको हल गर्न तत्काल कदल चाल्नु पर्नेमा अध्यक्ष यादवले जोड दिनुभयो ।
अध्यक्ष यादवले सामाजिक न्याय, मानव अधिकारको संरक्षणको हकमा विभेदमा पारिएका जनता नै सङ्कटको भूमरीमा पर्ने कुरा बताउनुभयो ।
कार्यक्रममा विभिन्न २१ मुलुकका समाजवादी लोकतन्त्रवादी राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, सिनेटर, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखलगायतको सहभागिता रहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्