२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


हमासका शीर्ष नेता हानिया मारिए


494
Shares

एजेन्सी । प्यालस्टिनी विद्रोही समूह हमास प्रमुख इस्माइल हानिया इरानमा मारिएका छ्न् । लामो समयदेखि इरानको संरक्षणमा रहंदै आएका हानिया तेहरानस्थित आफनै घरमा मारिएका हुन ।

हानिया इजरायली आक्रमणमा मारिएको पुष्टी हमासले गरेको छ । हमास समुहले एक विज्ञप्ति जारी गर्दै हानिया तेहरानस्थित उनकैे निवासमा इजरायली आक्रमणमा मारिएको पुष्टी गरेको हो ।

इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको शपथ समारोहको उदघाटन समारोहमा भाग लिएर निवास फर्के लगत्तै इराजलयले गरेको बम हमलामा मारिएका हुन् । हमासका प्रमुख र मुख्य योजनाकारको रुपमा परिचित हानियाको मृत्युले हमासलाई ठुलो धक्का लागेको छ ।

इजरायलमाथि गत अक्टोबर ७ मा उनकै नेतृत्वमा आक्रमण भएको हो । लामो समयदेखि इरानमा बस्दै आएका हानियाको मृत्युले हमास इजरायल युद्धमा कसरी अगाडी बढ्छ भन्ने बिषय अन्यौलमा परेको छ । उनकै घरमा गरिएको आक्रमणमा उनका अंगरक्षक पनि मारिएका छन् भने उनको निवास भनि ध्वस्त भएको छ ।