Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


आज साउन १५ गते, खीर खाएर मनाइँदै


442
Shares

काठमाडौँ । आज साउन १५ गते, खीर खाएर मनाइँदैछ । साउन महिनाको झरीले चिसो नलागोस् र पोषिलो होस् भनेर
नेपाली समाजमा खीर खाने चलन छ ।

दूधमा बदाम, काजु, किसमिस जस्ता पोषिला चिजहरु राखेर खीर पकाइन्छ । खीर जुनसुकै कार्य देव पूजा वा पितृ कार्यमा बनाइने सात्विक भोजन हो ।

साउन महिनामा धेरै घाँस पाइने भएकाले गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । ग्रामीण क्षेत्रमा रोपाइँ सकिएर फुर्सद भएपछि छोरीचेली तथा आफन्तलाई बोलाएर खीर खुवाउने परम्परा बसेको हो ।

दूधबाट बनाइएको खीरले रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ गतेलाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।