 
	    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा जाने कुरामा जोड दिएको छ ।
सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा र वर्गसमुदायमा जाने निस्कर्ष निकालेको बताएको हो ।
बैठकबारे जानकारी दिँदै नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले शुक्रवारदेखि सोमवारसम्म १८ जनाले आफ्ना धारणा राख्नुभएको र अधिकांशले पार्टी शुद्धिकरण र जनतामा जाने कुरामा जोड दिनुभएको पनि जानकारी दिनुभयो । उहाँले पार्टी खुम्चिँदै जानुमा जनतामा कम जानु र वर्गसमुदायबाट टाढा रहनु रहेको निस्कर्षमा नेताहरुको रहेको पनि बताउनुभयो ।
प्रवक्ता सापकोटाले पार्टीको वर्गीय दृष्टिकोण बोधो भएको र वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको निस्कर्ष निकालेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्