काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले आफूसँग सम्बन्धित भ्रष्टाचारको फाईल बन्द गर्न कांग्रेस-एमालेले नयाँ सत्ता समिकरण बनाएको आरोप लगाउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद मोदीले सो जिकिर गर्नुभएको हो ।
सांसद मोदीले उहाँले संविधान संशोधन गर्ने भनेर सत्तारुढ गठबन्धनले जनतामा भ्रम छरेपनि उनीहरुले आफूमाथि लागेको भ्रष्टाचारबाट मुक्ति पाउने कामलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले गिरिबन्धु टि स्टेट र भूटानी शरणार्थी प्रकरण छानविनको कामलाई वर्तमान सरकारले निरन्तरता दिन्छ कि दिँदैन रु भनि प्रश्न समेत गर्नुभयो ।
सांसद मोदीले आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा प्रतिपक्षमा रहेर सशक्त आवाज उठाउने पनि बताउनुभयो ।
सांसद मोदीले सुशासनको पक्षमा दृढतापूर्वक काम गरिएको प्रचण्ड नेतृत्वको सरकारलाई हटाउने काम गरेको भन्दै कांग्रेस-एमालेप्रति आक्रोश पनि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्