 
	    काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा समितिको आ. व. ०८१÷०८२ को वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।
त्यसैगरि बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ ।
त्यस्तै साढे ११ बजे नै बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रश्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्ने बताइएको छ । उहाँमाथिको संसदीय सुनुवाइ सकिसकेकाले आज अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय लिइनेछ । संवैधानिक परिषद्को बैठकले असार २ गते निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्