१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)


806
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २० करोडको सीमा खारेज गरिएको छ ।

केन्द्रीय बैंकले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थाहरुका लागि सेयर धितो कर्जाको सीमा हटाएको हो । यद्यपि व्यक्तिगत कर्जाको सीमाका सम्बन्धमा भने यथावत् गरिएको छ । व्यक्तिका हकमा सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ छ । मौद्रिक नीतिमा नीतिगत दर घटाइएको छ । हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारिएको हो । यस्तै बैंक दर ७ प्रतिशतबाट साढें ६ प्रतिशतमा झारिएको छ ।

चालु आर्थिक वर्षका लागि निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य मौद्रिक नीतिमा लिइएको छ । राष्ट्र बैंकले चालुपुँजी कर्जा समायोजन अवधि थप गरेको छ । विगत दुई वर्षमा अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्थामा न्यून कर्जा प्रवाहको स्थितिलाई दृष्टिगत गरी चालुपुँजी कर्जा मार्गदर्शनमा उल्लेखित भेरियन्स एनालाईसीस गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई २०८२ साउन १ गतेबाट लागु हुने गरी समयावधि थप गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, लघु, घरेलु, साना एवम् मझौला उद्यमको लागि तोकिएको रु. १ करोडको सीमालाई पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ । बजेटमा लक्षित ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्दै मुद्रास्फितिलाई साढें ५ प्रतिशत सीमाभित्र राख्ने गरी नीति ल्याइएको जनाइएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र चलायमान बनाउने उद्देश्यसहित लचिलो नीति ल्याइएको दाबी गर्नुभयो । उहाँले अहिले देखिएको अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीति ल्याएको बताउनुभयो ।