Logo १७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026


भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोच्चको अनुमति


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गत असारमा भारतबाट पक्राउ गरी ल्याइएका झालाई थुनामुक्त गराउन माग गर्दै उनका छोरा दिव्यांशु झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकोमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बिहीबार ‘कानुन बमोजिम अनुसन्धान गर्न’ आदेश दिएको हो ।

सर्वोच्चको आदेशपछि अनुसन्धानमा सहभागी नभई थुनामुक्त हुने झाको प्रयास असफल भएको छ । बेचन झाका छोरा दिब्यांशुले गत असार ३० गते बन्दी प्रत्यक्षीकरणको रिट हालेकोमा आर्थिक वर्ष फेरिएका कारण सुनुवाई हुन ढिलाई भएको हो ।