२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


सौर्य एयर दुर्घटनाबारे छानबिन आयोगले दिएको प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्छौं : मन्त्री पाण्डे


299
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएकोे प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्नेगरी मन्त्रिपरिषद्ले गठन गरिएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका बुधबारर काठमाडौंमा भएको सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा बोल्दै यस्तो बताउनुभएको हो ।

मन्त्री पाण्डेले सरकारले दुर्घटनाको छानविनको लागि आयोग गठन गर्दा विभिन्न प्रश्नहरु उठेको उल्लेख गर्नुभयो । उहाँले चौतर्फी रुपमा उठेका प्रश्नलाई समेत आधार मानेर मन्त्रीपरिषद्ले छानविन आयोग बनाएको बताउनुभयो । उहाँले सरकारले जहाज दुर्घटनाको सत्य तथ्यसहित आएको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गर्ने संकल्प सहित गठन भएको जानकारी गराउनुभयो ।

मन्त्री पाण्डेले सरकारले अध्ययन समितिहरु बनाउने र समितिहरुले प्रतिवेदनहरु बुझाउने तर प्रतिवेदनहरु कार्यान्वयनको दिशामा सरकारको दतारुकता नदिएको स्वीकार गर्नुभयो । उहाँले अब विगतका दुर्घटनाका प्रतिवेदनहरु कार्यान्वयन नआएको आधार मानेर सबै प्रश्नहरुको आधारमा सरकारले यस पटकको अध्ययनलाई सत्य र तथ्यको नजिक पुग्ने र घटनाका बारेका छिनोफानो गर्ने तयारमा सरकार रहेको बताउनुभयो ।

मन्त्री पाण्डेले अध्ययनले दिएको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गरी प्रभावकारी कार्यान्वयन बाटो तय गरिने बताउनुभयो । उहाँले समितिमा पनि त्यो प्रतिवद्धता दोहो¥याउने बताउनुभयो ।

मन्त्री पाण्डेले कोरियाका नेपाली जहाज उडानको लागि नेपालका सम्बन्धित निकायहरुले तदारुकता नदेखाएको बताउनुभयो । उहाँले कोरियामा नेपाली जहाज उडानको लागि नेपालबाट पहलकदमी नभएको भन्दै कोरियाले नेपालको हवाई सुरक्षा अडिट गर्ने विषयमा दुविधामा रहेको बताउनुभयो । उहाँले कोरियामा नेपाली जहाज उडान भर्ने विषयमा चाँडै टुङ्गोमा पु¥याउने प्रतिवद्धता जनाउनुभयो ।