Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सौर्य एयर दुर्घटना : १२ वटा शवको परीक्षण सकियो


494
Shares

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शवको परीक्षण कार्य शुक्रबारमात्र सकिने भएको छ । तर, डीएनए परीक्षण गर्नुपर्ने अवस्था आए दुई हप्तासम्म लाग्न सक्ने त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्ले बताउनुभयो ।

उहाँले बिहीबार अपराह्नसम्म १२ शवको परीक्षण सकिएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको बताउनुभयो ।

उहाँले विज्ञहरू संवेदशीलपूर्वक काममा खटिएको र शव पहिचान भएर प्रक्रिया पूरा भएपछि छिटो हस्तान्तरण गरिने बताउनुभयो ।