२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


फिलिपिन्समा आँधीका कारण ८ जनाको मृत्यु


182
Shares

एजेन्सी । फिलिपिन्सको मेट्रो मनिला काउन्सिलले बुधवार राष्ट्रिय राजधानी क्षेत्रमा आधिकारिक रूपमा विपद्को अवस्था घोषणा गरेको छ । आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाइफुन गेमीले ल्याएको वर्धित दक्षिणपश्चिम मनसुनको वर्षाले फिलिपिन्सको राजधानीका विभिन्न भागहरूमा बाढी आएको छ । बाढी केही क्षेत्रमा सात फिट गहिरोसम्म आएको बताइएको छ ।

सरकारले मनिला खाडी र नदीहरू नजिकका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न र विद्यालय र कार्यालयहरू बन्द गर्न चेतावनी दिएको छ । मेट्रो मनिलालाई विपत्तिको अवस्थाअन्तर्गत राखिएको छ । स्थानीय अधिकारीहरूले मध्य र दक्षिणी फिलिपिन्स क्षेत्रहरूमा तटीय क्षेत्रका बासिन्दाहरूलाई खाली गरेका छन् ।

मनिलाको दक्षिणी भागमा रहेको बटाङ्गस प्रान्तको एगोनसिल्लो शहरमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । बाटाङ्गस प्रान्तको नासुग्बो शहरमा तिव्र हावाहुरी र भारी वर्षाले ढलेको रुखले ढलेर एक ४६ वर्षीय पुरुषको मृत्यु भएको छ भने मनिला शहरमा विद्युत करेन्ट लागेर अर्का एक व्यक्तिको मृत्यु भएको छ ।

मनिलाको उत्तरमा रहेको पम्पाङ्गा प्रान्तको एन्जलस शहरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । र मनिलाको पश्चिममा रहेको बातान प्रान्तमा दुई जना बेपत्ता भएको बताइएको छ ।

बाढीका कारण कतिपय क्षेत्रमा विद्युत सेवा पनि अवरुद्ध भएको छ । फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण लुजोनका धेरै एयरपोर्टहरूले सञ्चालन स्थगित गरेको बताएको छ । फिलिपिन्समा वार्षिक औसत २० वटा टाइफुन आउँछन् ।