काठमाडौं । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा सरकारले आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा श्रावण १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने जहाजका पाइलट मनिष रत्न शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।
उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
सरकारले जहाज दुर्घटनाको बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन समेत गरेको छ ।








प्रतिक्रिया दिनुहोस्