काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र सम्बन्धलाई उच्च मनोबलका साथ अघि बढाउन सरकारलाई सुझाव दिनुभएको छ ।
बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष नेपालले देशको हितको रक्षाका लागि सरकारले उच्च मनोबलका साथ परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने तर्क गर्नुभयो । परराष्ट्र मामिलामा नेपालको शक्ति भनेको गौरवपूर्ण इतिहास भएको उल्लेख गर्दै उहाँले त्यसैलाई अवलम्वन गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष नेपालले अरुले स्वीकार गर्ने र नेपालले पनि त्यसमा बलियोसँगले राख्नसक्ने विषयहरुको पहिचान गरेर नेपालले परराष्ट्र सम्बन्धलाई भरपर्दो बलियो बनाउन सक्नुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले सरकारले विभिन्न देशमा रहेका नेपालीहरुलाई सहज हुनेगरी कुटनीतिक नियोगहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि आंैल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्