३० असार २०८२, सोमबार | Mon Jul 14 2025


विमान दुर्घटनाको अवस्था बुझ्ना प्रधानमन्त्री ओली दुर्घटनास्थलमा


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थल पुग्नुभएको छ ।

बुधबार बिहान दुर्घटनामा परेको विमानबारे जानकारी लिन प्रधानमन्त्री दाहाल विमानस्थल जानुभएको हो ।

प्रधानमन्त्री ओली उद्धार र दुर्घटनाको अवस्था बुझ्न घटनास्थल पुग्नुभएको हो । दुर्घटनाग्रस्त विमानमा १९ जना यात्रु सवार रहेको बताइएको छ । जसमध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

पाइलट मनिष शाक्यको उद्धार गरी अस्पतालमा उपचार भइरहेको छ । घटना लगत्तै गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रप्रसाद पाण्डेसहित उच्च अधिकारीहरु वमानस्थल जानुभएको थियो ।