Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


दुर्घटना भएको सौर्य जहाजमा १९ जना थिए


0
Shares

काठमाडौं । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको खुलेको छ ।

चालक दलका सदस्यका साथै यात्रु गरि जहाजमा १९ जना रहेको त्रिभुवन विमानस्थलले जनाएको छ । बुधवार बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटना भएको थियो ।

जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । जहाजमा पुरै आगो लागेको छ ।

बुधवार प्राविधिक मर्मतसम्भारका लागि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स ९एन—एएमई÷सिआरजे२०० विमान रनवे ०२ बाट उडान भर्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो । थप विवरण आउन बाँकी रहेको र अहिले उद्धार कार्य जारी रहेको बताइएको छ ।