१ असार २०८२, आइतबार | Sun Jun 15 2025


सिमलताल पहिरोमा बेपत्ता बस र यात्रीको खोजीमा भारतीय टोली


2.405k
Shares

काठमाडौं । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत असार २८ गते गएको पहिरोले त्रिशूलीमा बगाएर बेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रीलाई भारतीय टोलीले खोजी गर्दैछ ।

भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजीकार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । नेपालमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतीय टोलीले खोजी गर्न लागेको हो ।

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेर बेपत्ता भएका थिए ।

६५ जना यात्रुमध्ये तीनजना बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये २५ जनाको शव विभिन्न क्षेत्रबाट फेला परेका छन् भने १७ जनाको सनाखत भएको छ । अझैसम्म ३७ यात्री र दुवै बसको अवस्था अज्ञात छ ।